हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सुले जनजीवन प्रभावित

प्रहार समाचार । काठमाडौँ, २० माघ २०८२ मङ्गलबार । ।पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशको मौसममा फेरि चिसोको असर देखिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा बाक्लो हुस्सु लागेको छ । यसले विशेषगरी बिहान–बेलुकाको समय दैनिक जनजीवनलाई प्रभावित बनाएको छ ।

आज दिउँसो हिमाली भेगमा सामान्यतया बदली रहने र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित अन्य पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रको मौसम भने प्रायः सफा रहने अनुमान गरिएको छ । राति पनि यस्तै मौसमको अवस्था कायम रहने देखिन्छ ।


तराई क्षेत्रमा हुस्सु र कुहिरो तथा हिमाली भेगमा हिमपातको सम्भावनाले चिसो बढ्ने हुँदा स्वास्थ्य, पर्यटन, पदयात्रा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने महाशाखाको चेतावनी छ । विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्ने तथा बिहान–बेलुका सवारी साधन प्रयोग गर्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button