हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याग्देका होटलहरुमा हरियो र पहेंलो स्टिकर

प्रहार समाचार । तनहुँ, १५ माघ २०८२ बिहीबार । खाद्य सुरक्षा र स्वच्छताका मापदण्ड पालना गर्दै उपभोक्तालाई सुरक्षित सेवा प्रदान गरिरहेका म्याग्दे क्षेत्रका केही होटल तथा रेष्टुरेन्टहरूलाई स्टिकर प्रदान गरिएको छ। अनुगमनका क्रममा मापदण्ड पूरा गरेका होटलहरूलाई हरियो (१ स्टार) र पहेंलो (सन्तोषजनक) स्टिकर प्रदान गरिएको हो।

अनुगमन टोलीका अनुसार हरियो स्टिकर (१ स्टार) प्राप्त गर्ने होटलहरूमा रविना रेष्टुरेन्ट एण्ड खाजाघर, गुणादी (संचालक रघुनाथ खनाल), जोजोल्पा हाइवे रेष्टुरेन्ट, म्याग्दे–३ (संचालक पदमराज शाही), सरिता रेष्टुरेन्ट, म्याग्दे–३ (संचालक साईला तामाङ थिङ) र अकला हाइवे रेष्टुरेन्ट, म्याग्दे–६ (संचालक सीता मल्ल) रहेका छन्।


त्यसैगरी पहेंलो सन्तोषजनक स्टिकर प्राप्त गर्ने होटलहरूमा
बाराही हाइवे रेष्टुरेन्ट, गुणादी (संचालक प्रमोद खनाल)
र होटल स्काइ इन, थर्पु (संचालक गणेशमान श्रेष्ठ) रहेका छन्।
खाद्य स्वच्छता, भान्साको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, पानीको गुणस्तर तथा कर्मचारीको व्यक्तिगत स्वच्छताको आधारमा होटलहरूको मूल्याङ्कन गरिएको पालिकाका उद्योग तथा पर्यटन शाखाका प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए । अ


मापदण्ड पालना गर्ने होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई ह आगामी दिनमा अझै सुधार गर्दै स्तरिकरणको उच्च तहमा पुग्न अनुरोध गरिएको छ। साथै अन्य होटल व्यवसायीहरूलाई पनि तत्कालै खाद्य सुरक्षा मापदण्ड पालना गरी जिम्मेवार व्यवसायी बन्न सम्बन्धित निकायले आग्रह गरेको छ। खाद्य सुरक्षामा लापरवाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले यस्ता अनुगमन र स्तरिकरण कार्यक्रमले व्यवसायीलाई जिम्मेवार बनाउने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button