हेडलाईनसमाचारप्रदेश

निर्वाचन २०८२: मनोनयनपछि छानबिनको घडी, आयोगले आजदेखि उजुरी प्रक्रिया अघि बढ्ने

प्रहार समाचार । काठमाडौँ, ७ माघ २०८२ बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि निर्वाचन प्रक्रिया अब छानबिन र उजुरीको चरणमा प्रवेश गरेको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज उम्मेदवारको मनोनयनविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको छ। आयोगका अनुसार प्राप्त उजुरी र मनोनयन पत्रको जाँचबुझ गरी माघ ८ गते साँझ ५ बजेसम्म आवश्यक निर्णयसहित अन्तिम नामावली सार्वजनिक गरिनेछ।

निर्वाचन कार्यक्रमअनुसार माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारलाई दिउँसो ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मनोनयन प्रक्रिया देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।


आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये महिला उम्मेदवार ३३६ र पुरुष २ हजार ५८९ जना रहेका छन्। यस्तै अपाङ्गता भएका ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन सफल भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी निर्वाचन कार्यक्रमहरूमा पनि सबै पक्षको सहयोग रहने अपेक्षा आयोगले गरेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button