हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

बलिउड स्टार संजय दत्त काठमाडौंमा

प्रहार समाचार । काठमाडौं, २४ पुस २०८२ बिहीबार । । बलिउडका चर्चित अभिनेता संजय दत्त बिहीबार बेलुका काठमाडौं आइपुगेका छन् । मनोरञ्जन र पर्यटन प्रवर्द्धनसँग जोडिएको एक क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दत्तलाई स्वागत गर्न आयोजक पक्षका प्रतिनिधि तथा प्रशंसकहरूको उपस्थिति देखिएको थियो । छोटो बसाइका क्रममा उनले क्यासिनो उद्घाटन कार्यक्रमसँगै केही औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


अन्तर्राष्ट्रिय कलाकारको आगमनले नेपाली पर्यटन र मनोरञ्जन उद्योगप्रति विश्वस्तरको चासो बढ्ने अपेक्षा गरिएको छ । बलिउड स्टारको उपस्थितिलाई क्यासिनो क्षेत्रसँगै समग्र पर्यटन प्रवर्द्धनका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button