हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँमा सवारीको ठक्करबाट बाघको मृत्यु, वन्यजन्तु सुरक्षामा चिन्ता

प्रहार समाचार । तनहुँ, ११ पुस २०८२ शुक्रबार । आज राति बन्दिपुर गाउँपालिका–४ बिमलनगर नजिक सवारी साधनको ठक्करबाट एक बन्यजन्तु चरि बाघको मृत्यु भएको छ। राजमार्ग नजिकै सडक पार गर्ने क्रममा सवारीले किच्दा उक्त चरि बाघ घटनास्थलमै मरेको स्थानीयले जनाएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले प्रहार समाचारलाई बताए ।

 

श्रेष्ठका अनुसार घटना रातिको समयमा भएको बताइएको छ। तीव्र गतिमा गुड्ने सवारी साधन र सडक आसपासको बासस्थान नजिक वन्यजन्तुको आवतजावत बढ्दा यस किसिमका दुर्घटना दोहोरिन थालेका छन्। मृत भेटिएको चरि बाघ सडक छेउमै रहेको हुँदा सवारीको ठक्करबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । अहिले उक्त बाघलाई वन कार्यालय दमौलीमा ल्याउन कर्मचारीहरु खटाइएको सूचना अधिकारी श्रेष्ठले बताए ।


स्थानीय बासिन्दाले राजमार्ग क्षेत्रमा वन्यजन्तु आवतजावत हुने स्थानमा चेतनामूलक संकेत बोर्ड, गति नियन्त्रण तथा रातिको समयमा विशेष सतर्कता आवश्यक रहेको बताएका छन्। वन्यजन्तु संरक्षणका लागि सम्बन्धित निकायले थप सुरक्षा उपाय अपनाउनुपर्ने उनीहरूको माग छ। photo : Rajesh Karki



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button