हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

आईजिपी कार्कीद्वारा तनहुँ प्रहरीलाई निर्देशन

प्रहार समाचार । तनहुँ, १ पुस २०८२ मंगलबार । पोखरामा आयोजित सुरक्षा समितिको बैठक सम्पन्न गरी राजधानी काठमाडौँ फर्किने क्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय तनहुँको अनुगमन भ्रमण गरेका छन्।

हिंजो साँझ जिल्ला प्रहरी कार्यालय तनहुँ, दमौलीमा आएका आईजिपी कार्कीलाई र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई कार्यालय प्रमुख एसपी टेक बहादुर कार्कीले स्वागत गरेका थिए। त्यस अवसरमा आईजिपी कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण र प्रहरी सेवा प्रवाहको विषयमा ब्रिफिङ लिँदै आवश्यक निर्देशन दिएका थिए ।

आईजिपी कार्कीले प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि गर्ने गरी काम गर्न निर्देशन दिँदै अनुशासन, इमान्दारिता र सेवाभाव प्रहरीको मुख्य पहिचान भएको बताए। उनले पछिल्लो समय बढ्दै गएका सवारी दुर्घटना, लागुऔषध दुर्व्यसन, घरेलु हिंसा तथा सामाजिक अपराध न्यूनीकरणमा स्थानीय तह, समुदाय र सरोकारवालासँग सहकार्यलाई अझ प्रभावकारी बनाउन जोड दिए।

साथै उनले जनमैत्री प्रहरी सेवा, सूचना प्रविधिको प्रयोग, उजुरी छिटोछरितो समाधान र फिल्डमा खटिने प्रहरीको मनोबल उच्च राख्ने विषयमा विशेष ध्यान दिन निर्देशन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवण बिकले जनाए । उक्त अबसमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको पनि सहभागिता रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button