हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?

प्रहार समाचार । काठमाडौँ, २१ मंसिर २०८२ आइतबार । सुनचाँदीको मूल्य शुक्रबारको तुलनामा आज आइतबार हल्का घटेको छ। आन्तरिक बजारमा दुवै धातुको मूल्यमा गिरावट आए पनि अन्तर्राष्ट्रिय बजार भने अझै उतारचढावमै रहेको देखिन्छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यो दर शुक्रबारको मूल्यभन्दा २०० रुपैयाँले कम हो। यस्तै, चाँदी पनि आइतबार सस्तो भएको छ। शुक्रवार प्रतितोला ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ घटेर ३ हजार ६०५ रुपैयाँमा झरेको छ।

उता, अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च बिन्दु नाघ्न सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन ४ हजार १९८ अमेरिकी डलर र चाँदी ५८ डलरमा कारोबार भइरहेको छ।

बजार विश्लेषकहरूको भनाइमा अमेरिकी आर्थिक संकेतक, भू–राजनीतिक अवस्था र फेडरल रिजर्भको आगामी मौद्रिक नीतिको अड्कलबाजीले विश्व बजारमा सुनचाँदीको मूल्य निरन्तर चञ्चल बनेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button