हेडलाईनसमाचारप्रदेश

बनेपामा आविष्कार केन्द्रको वातावरणमैत्री शव दाह मेसिन सञ्चालनमा

प्रहार समाचार । काठमाडौँ, २० मंसिर २०८२ शनिबार । भारतबाट लाखौँ खर्चेर आयात हुने मेसिनहरूलाई चुनौती दिँदै राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको घरेलु शव दाह मेसिन बनेपामा सञ्चालनमा आएको छ।

काभ्रे जिल्लाको बनेपा नगरपालिका–पुल बजारस्थित श्मशानघाटमा राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको नयाँ प्रविधिको शव दाह (क्रिमेशन) मेसिन स्थापना गरिएको छ। आरुण्य नेचर रिसोर्टको अर्डरमा तयार गरिएको उक्त मेसिन रिसोर्टले करिब रु. २२ लाखमा खरिद गरी श्मशानघाटलाई उपलब्ध गराएको सार्वजनिक गरिएको छ।

देशका केही स्थानमा भारतबाट झन्डै रु. ४५ लाखभन्दा बढी लागतमा आयात गरिएका यस्तै मेसिनहरू प्रयोगमा रहेका बेला स्थानीय स्तरमै निर्माण गरिएको यो मेसिन लागत–अनुकूल, वातावरणमैत्री र प्रभावकारी भएको बताइन्छ। ग्यासले सञ्चालन हुने भएकाले दाउरा सीमित मात्र चाहिने र प्रदूषण कम गर्ने विशेषता रहेको यसको क्षमताले सामान्य अवस्थामा करिब एक घण्टामै शव दाह सक्ने सुविधा दिन्छ।

राष्ट्रिय आविष्कार केन्द्रका अनुसार यसभन्दा सानो आकारको, अझ कम दाउरा आवश्यक पर्ने अर्को मोडेल पनि उपलब्ध छ, जसको मूल्य करिब रु. ७ लाख पर्छ। स्थानीय आवश्यकता र बजेटअनुसार विकल्प चयन गर्न सकिने व्यवस्था गरिएको केन्द्रले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button