प्रहार समाचार । तनहुँ, १६ मंसिर २०८२ मंगलबार । तनहुँको व्यास–३ देउरालीबाट हराएकी १४ वर्षीय सुष्मा आले तीन दिनपछि सकुशल भेटिएकी छन् ।

आले बेपत्ता भएको तीन दिनपछि मंगलबार घर फर्किएकी पारिवारिक श्रोतले जनाएको छ । मंसिर १३ गते दिउँसो १ बजे घर नजिकैबाट हराएका कारण परिवार र स्थानीयवासी चिन्तित बनेका थिए । लगातार खोजी गर्दा पनि फेला नपरेपछि उनका अभिभावकले प्रहरीमा निवेदन दिएका थिए।
बालिकाको खोजतलासलाई तीब्रता दिइएको प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले बताए । गहुँगोरो वर्ण, कालो कपाल, ५ फिट उचाइ र ५० केजी तौल भएकी सुष्माबारे सूचनासहित खोजी अभियान चलाइएको थियो । परिवारले हराएका दिनदेखि नै सम्भावित सबै ठाउँमा खोजी गरिरहे पनि सफल हुन सकेका थिएनन् ।
उनी सकुशल घर फर्किएको प्रहरीले जनाएको छ । बालिका भेटिएपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
























