तनहुँको व्यास नगरपालिका–३ बिसघरेकी १४ वर्षीया सुष्मा आले मंगलबार दिउँसोदेखि बेपत्ता भएकी छन्। दिउँसो करिब १ बजेतिर घर वरपरैबाट हराएको जानकारी पाएपछि परिवारले प्रहरीमा उजुरी दर्ता गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवण कुमार बी.के. का अनुसार परिवारले खोजी गर्दा पनि बालिका नफेला परेपछि प्रहरीको सहयोग मागिएको हो। प्रारम्भिक तथ्य संकलनसँगै प्रहरी टोली तत्कालै खोजतलासमा खटिएको उनले बताए।
गहुँगोरो वर्णकी सुष्मा कालो कपाल, करिब ५ फिट उचाइ र ५० किलो तौल भएकी छन्। बेपत्ता भएको क्षेत्र तथा सम्भावित स्थानहरूमा प्रहरीले सूचनाको आधारमा निरन्तर अनुगमन गरिरहेकोछ।
बालिकाबारे कुनै पनि जानकारी प्राप्त भएमा प्रहरी कन्ट्रोल १००, जिल्ला प्रहरी कार्यालय तनहुँको संचार नम्बर ९८५६०९०२९८, वा महिला तथा बालबालिका सेवा डेस्क १०४ मा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

























