हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीखेलकुद

गण्डकी प्रदेशस्तरीय यू–१६ फुटबल प्रतियोगिता नेपाल पुलिस क्लव बेलचौतराले गर्ने

प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८२ शुक्रबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलले प्रदेशभरिका युवा फुटबल प्रतिभालाई एउटै मैदानमा उतार्ने तयारी पूरा गरेको छ । विद्यालयले मङ्सिर १७ देखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय यू–१६ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

विद्यालयस्तरमै खेलकुदको पहुँच विस्तार र फुटबल खेलको स्तर उकास्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको विद्यालयका प्राचार्य रामचन्द्र शाहीले बताए । उनका अनुसार खेलभावना, अनुशासन, नेतृत्व क्षमता तथा विद्यार्थीको खेलप्रतिको रुचि बढाउने उद्देश्यले पाँचदिने प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा १६ विद्यालय सहभागी हुने प्रतियोगिता ‘नकआउट’ प्रणालीमा हुने छ । “पहिलो दर्ता हुने टोलीलाई प्राथमिकता दिइनेछ,” प्राचार्य शाहीले भने । मैदान सुधार सहित प्राविधिक व्यवस्थापन, रेफ्री तथा टेक्निकल अफिसियल, मेडिकल टोली, एम्बुलेन्स र सुरक्षासमेतका सबै तयारी पूरा भइसकेको हिंजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

विजेता टिमले रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु ४ हजार, मेडल र ट्रफी प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही रु २ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

विद्यालयका समादेशक प्रहरी निरीक्षक दिनेश गौतमका अनुसार प्रतियोगिता ग्रामीण क्षेत्रदेखि शहरी भेगसम्म लुकेका फुटबल प्रतिभा पहिचान गर्न महत्वपूर्ण अवसर बन्नेछ । “प्रदेशका युवा खेलाडीलाई सक्षम र आत्मविश्वासी बनाउने उद्देश्यसहित प्रतियोगिता अघि बढाइएको हो,” उनले भने ।

नेपाल पुलिस स्कुलको खेलमैदान बेलचौतराको खेल मैदानमा म हुने प्रतियोगिताले प्रदेशस्तरमा विद्यालय फुटबलको माहोल झनै उत्साहपूर्ण बनाइदिने अपेक्षा गरिएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button