हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

देशभर मौसम स्थिर : राजधानीमा चिसो बढ्दै

प्रहार समाचार । काठमाडौँ, ११ मंसिर २०८२ बिहीबार । देशभर हाल कुनै महत्वपूर्ण मौसम परिवर्तन ल्याउने प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तस्बिर : प्रहार अनलाईन मिडिया

रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। देशका अन्य भाग भने आज राति पनि सामान्यतया सफै रहनेछन्।

काठमाडौं उपत्यकामा चिसोको प्रभाव बढ्दै गएको छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको थियो। यसैगरी, दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीच रहने महाशाखाले जनाएको छ।

मौसम सफा भए तापनि बिहान–साँझको चिसो बढ्न थालेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button