हेडलाईनसमाचारप्रदेश

भोलिदेखि सुरु हुँदैछ दल दर्ता प्रक्रिया :१० दिनभित्र निवेदन बुझाउन आयोगको आह्वान

प्रहार समाचार । काठमाडौँ, ३० कात्तिक २०८२ आइतवार । भोलि मङ्सिर १ गतेदेखि आगामी १० दिनसम्म प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगले तोकिएको अवधिभित्र सबै इच्छुक राजनीतिक समूहलाई आवश्यक कागजातसहित दर्ता निवेदन बुझाउन आह्वान गरेको छ।

आयोगका अनुसार दल दर्ताका लागि दलसम्बन्धी विवरण, दलको नाम र स्थापना तथा दर्ता मितिसहितका प्रमाणित कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै गइरहेका बेला दर्ता खुला हुने १० दिनलाई राजनीतिक दलहरूका लागि अत्यन्त महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

दर्ता प्रक्रियामा बढ्दो चासोलाई आयोगले सहज र पारदर्शी बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेको जनाएको छ। आयोगले निर्धारित म्यादभित्र समयमै दर्ता नगर्ने दलले आगामी निर्वाचनमा सहभागिता जनाउन नपाइने भएकाले ढिलाइ नगरी आवेदन दिन आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button