हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौं, २३ कात्तिक २०८२ आइतवार । देशभरको मौसम सामान्य र स्थिर देखिए पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। पछिल्ला दिनमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिए पनि हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने भएकाले त्यहाँको जनजीवन र यातायातमा सावधानी अपनाउन सन्देश दिएको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। मौसम स्थिर रहे पनि तापक्रम घट्दै जाने क्रम जारी रहेकाले स्वास्थ्य र यात्रामा ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button