प्रहार समाचार । तनहुँ, २० कार्तिक २० ८२ बिहीवार । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण तनहुँ जिल्ला प्रशासन कार्यालयको राहदानी शाखा क्षतिग्रस्त भएपछि हाल विद्युतिय राहदानी (ई–पासपोर्ट) सेवा सीमित रूपमा सञ्चालन भइरहेको छ।

कार्यालयले अर्को सूचना नआएसम्म हरेक शुक्रबार विहान १०:३० बजेदेखि हप्ताको लागि दैनिक ४० जनासम्मका लागि मात्र राहदानी आवेदन (Appointment Slots) खुला हुने जनाएको छ।
राहदानी विभागले नयाँ आपूर्तिकर्तासँगको सम्झौता अनुसार २०८२ फाल्गुन ११ बाट राहदानी पुस्तिका सहज रूपमा आपूर्ति हुने जानकारी दिँदै अत्यावश्यक सेवाग्राहीहरूले मात्र आवेदन दिन आग्रह गरेको छ। आन्दोलनका क्रममा शाखामा रहेका सम्पूर्ण मेसिनरी उपकरण नष्ट भएपछि हाल कार्यालयमा १ वटा मात्र स्टेसनमार्फत सेवा प्रवाह भइरहेको छ, जसका कारण सेवाग्राहीको चाप उच्च रहेको बताइएको छ।
राहदानीका विषयमा दलाल वा अनधिकृत व्यक्तिको भर नपर्न र ठगीबाट सावधान रहन आग्रह गर्दै कार्यालयले समस्या वा जिज्ञासा भएमा ९८५६००११११ (सूचना अधिकारी) वा ९८४६७४३२४६ (राहदानी शाखा) मा सम्पर्क गर्न अनुरोध गरेको छ। राहदानी आवेदनका लागि आधिकारिक लिङ्क https://emrtds.nepalpassport.gov.np/request-service प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठले एक विज्ञप्ति मार्फत आग्रह गरेका छन्। अ



























