हेडलाईनसमाचारगण्डकी

मनाङमा मोटरसाइकल दुर्घटनाका घाइतेलाई उपचारार्थ हेलिकप्टरमार्फत काठमाडौं लगियो

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, २० कात्तिक २०८२ बिहीवार । मनाङ–बेसीसहर–चामे सडकखण्डमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

मनाङ नासो गाउँपालिका–०१ सिरानडाँडा नजिक ग १७ प ६३१८ नम्बरको मोटरसाइकल बेसीसहरतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाउँदा सोमवार सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

दुर्घटनामा चामे गाउँपालिका–४ निवासी ४९ वर्षका मिङमार लामा गम्भीर घाइते भएका छन्। उनको दुवै हात, खुट्टा, निधार तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। घाइते लामालाई मनाङको ताल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि एम्बुलेन्समार्फत प्रदेश अस्पताल लमजुङ पुर्‍याइएको थियो।

स्वास्थ्य अवस्था जटिल भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौंस्थित बी एण्ड बी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए। तस्बिर : लमजुङ खबर ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button