हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, दुई दिनसम्म वर्षा र हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौं, १८ कात्तिक २०८२ मङ्गलवार ।
नेपालमा फेरि पश्चिमी वायु सक्रिय बन्दै गएको छ, जसको असरले देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला दिनहरूमा स्थिर देखिएको मौसममा पुनः परिवर्तन हुने संकेत देखिएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई भूभागहरूमा समेत हल्का वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

आजराति पनि यी प्रदेशका पहाडी र हिमाली भूभागमा बदली रहने र केही स्थानमा हिमपात जारी रहन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्हरूले आगामी दुई दिनसम्म पश्चिमी वायुको प्रभाव रहने भएकाले यात्रु र कृषकहरूलाई सतर्क रहन आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button