हेडलाईनसमाचारप्रदेश

माओवादी केन्द्रको निर्णय : वाम एकता अब ढिला नगर्ने, १७ गते केन्द्रीय बैठक बोलाइयो

प्रहार समाचार । काठमाडौं, १६ कार्तिक २०८२ आइतवार । नेकपा माओवादी केन्द्रले लामो समयदेखि चलिरहेको वाम एकता प्रक्रियालाई अब ढिला नगर्ने निर्णय गरेको छ। पार्टी सचिवालयको हिजो सम्पन्न बैठकले नेकपा एकीकृत समाजवादीसहित संवादमा रहेका दलहरूसँग एकता छिट्टै टुंग्याउने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

उनका अनुसार माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेसपा, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र राजु कार्की समूहको नेकपा समाजवादी, साथै सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीसँग संगठनात्मक एकता गर्ने तयारी गरेको छ।

त्यस्तै, नेकपाबाट अलग भएका चिरण सी समूह र विप्लव नेतृत्वको नेकपालाई पनि एकीकृत संरचनामा ल्याउने प्रयास भइरहेको सापकोटाले बताए। उनका अनुसार बैठकले अब वाम शक्तिहरूबीचको एकतालाई ढिला गर्न नहुने ठहर गरेको छ।

पार्टीले एकता प्रक्रियासम्बन्धी अन्तिम निर्णय गर्न आगामी कार्तिक १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा संगठनात्मक रूपरेखा, नेतृत्व संरचना र कार्यदिशाबारे विस्तृत छलफल हुने जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button