हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : दुई प्रदेशका पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ५ कात्तिक २०८२ बुधवार । पश्चिमी वायुको प्रभाव सक्रिय भएसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा फेरि मौसम बद्लिन थालेको छ। ज यी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिमसहित देशका अधिकांश पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भूभागमा पनि कतै–कतै हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान विभागले सार्वजनिक गरेको छ।

आज राति प सुदूरपश्चिम प्रदेशका साथै पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने अन्य स्थानहरूमा मौसम सामान्य रहने बताइएको छ। मौसममा आउने परिवर्तनसँगै सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button