हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : कोशीको पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

प्रहार समाचार । काठमाडौँ, २८ असोज २०८२ मङ्गलवार । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने भए पनि बाँकी भू–भागमा आकाश खुल्ला रहनेछ।


 

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। अन्य स्थानहरूमा भने उल्लेखनीय वर्षाको सम्भावना छैन।

आज राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। मौसम प्रणालीको प्रभाव नदेखिएकोले चिसो बढ्दै जान सक्ने सम्भावना पनि विशेषज्ञहरूले औंल्याएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button