प्रहार समाचार । काठमाडौँ, १८ असोज २०८२ शनिवार । काठमाडौं । लगातारको वर्षासँगै मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरोका कारण सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ भने यात्रुहरू अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा भने पानी परिरहे पनि सवारी सञ्चालनमा रहेको छ । “केही स्थानमा सामान्य ढुंगा खसेका छन्, तर सवारी आवागमन भइरहेको छ,” कार्यालयले जनाएको छ ।
अधिकारीहरूले अविरल वर्षाका कारण थप पहिरोको जोखिम कायमै रहेको भन्दै सावधानीपूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेका छन् । सुरक्षा जोखिमका कारण पहिरोग्रस्त क्षेत्रमा जानु अघि सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा अघि बढाउन सुझाव दिइएको छ ।
























