हेडलाईनसमाचारप्रदेश

लगातारको वर्षाले काठमाडौं बाहिरिने र भित्रिने सवारी साधनहरु तीन दिनका लागि रोक

• बिजय अधिकारी (संवाददाता ) काठमाडौं, १८ असोज २०८२ शनिवार । निरन्तर परेको भारी वर्षाका कारण सडकमा पहिरो र अन्य जोखिम बढेपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सवारी साधनहरू तीन दिनका लागि पूर्णरूपमा रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गहरूमा सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो।

प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीका अनुसार वर्षाका कारण धेरैजसो राजमार्गहरूमा पहिरोको सम्भावना देखिएको छ र यात्रु सुरक्षालाई ध्यानमा राख्दै उपत्यका प्रवेश तथा निकासमा अस्थायी प्रतिबन्ध लगाइएको हो। निर्णय अनुसार लामो दूरीका सवारीसाधन पनि प्रभावित हुनेछन्।

प्राधिकरणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ कि मौसममा सुधार नआएसम्म थप जोखिम हुन सक्ने भएकाले यात्रामा ननिस्कन आम नागरिकलाई आग्रह गरिएको छ। अवस्था अनुसार निर्णयको अवधि थप वा घट गर्न सकिने जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button