प्रहार समाचार । पाँचथर , १८ असोज २०८२ शनिवार । धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप आज तमोर नदीमा खसेको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार दुर्घटनामा अहिलेसम्म पाँच जनाको शव घटनास्थलबाट निकालिएको छ भने अर्को शव निकाल्ने प्रयास जारी छ। घटनास्थलमा छ जनाको मृत्यु भइसकेको र घाइते भएका अन्य छ जनाको उपचार भइरहेको छ।

घाइतेमध्ये एक जनालाई उपचारका लागि फिदिम र बाँकी पाँच जनालाई धरान अस्पतालमा लगिएको छ। प्रहरी र स्थानीय उद्धार टोलीले घटनास्थलमा खोजतलास र उद्धारकार्य तीव्र पारेको छ। दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट नभएको बताइएको छ।
यस दुर्घटनाले स्थानीय समुदायमा गहिरो शोक छाएको छ भने अधिकारीहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। थप अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउने तयारी भइरहेको छ।
























