• विजय अधिकारी ( संवाददाता ) । लमजुङ, १८ असोज २०८२ शनिवार । लमजुङ प्रशासनले आज असोज १८ गतेदेखि २० गतेसम्म जिल्ला भित्रिने र बाहिरिने सबै यातायातका साधनहरूको आवतजावतमा पूर्ण रूपमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि जारी गरिएको सूचनामा वर्षाका कारण राजमार्गमा हुनसक्ने धनजनको क्षति न्यूनीकरण गर्ने उद्धेश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।

प्रशासनले यात्रुवर्गलाई अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्दै घरमै सुरक्षित रहन, र विपद् सम्बन्धी सूचना नियमित रुपमा सञ्चारमाध्यमबाट प्राप्त गर्न समेत अपिल गरेको छ। यस निर्णयले यात्रुहरूमा असुविधा उत्पन्न भएको भए प्रशासनले त्यसको क्षमा याचना पनि गरेको छ।
लमजुङको बेसीशहर, सुन्दरबजार, भोर्लेटार, राइनास, मर्याङदी लगायतका स्थानबाट मनाङ, पोखरा, नारायणगढ र काठमाडौंलाई जोड्ने सिधा यातायात सेवा रोकिएपछि स्थानीय बासिन्दा र यात्रुहरू चिन्तित छन्। प्रशासनको निर्णयपछि उक्त सेवा अस्थायी रुपमा बन्द रहनेछ। हेरौँ जिल्ला प्रशासन कार्यालय लमजुङको सूचना :

























