प्रहार समाचार । रोमानिया , १७ असोज २०८२ शुक्रवार । युरोपेली मुलुक रोमानियाको एक होटलमा भएको भीषण आगलागीमा दुई नेपाली युवतीको ज्यान गएको छ। मृत्यू हुनेमा इलाम र काठमाडौंका दुई यूवती रहेको पुष्टि भएको छ।

प्राप्त समाचार अनुसार मृत्यु हुनेमा इलाम माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौं दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेको पुष्टि भएको छ।रोजगारीको सिलसिलामा सोनी एक वर्षअघि र सुस्मिता पाँच महिनाअघि मात्रै रोमानिया पुगेका थिए। आगलागीको समयमा दुवै जना बसेको होटलमा सुतिरहेका अवस्थामा रहेकाले भाग्न नपाई जलेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
विदेशमा जीवन निर्माणको सपना बोकेर गएका ती युवतीहरूको यस्ताे दुःखद अन्त्यले नेपाली समुदायलाई दुखि बनाएको छ। ग रोमानियास्थित नेपाली दूतावास र स्थानिय प्रशासन घटनास्थलमा परिचालित छन् भने पीडितका परिवारलाई सहयोग र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको छ।
























