हेडलाईनसमाचारप्रदेश

अविरल वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

प्रहार समाचार । तनहुँ, १७ असोज २०८२ शुक्रवार । देशभर लगातारको वर्षा र त्यसबाट उत्पन्न बाढी तथा पहिरोका कारण कोशी, बागमती लगायतका प्रमुख प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशअन्तर्गत संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, रसुवा जिल्लामा नेपाल–चीन सीमा नाका जोड्ने पुल २०७९ सालदेखि नै बाढीले क्षतिग्रस्त हुँदा हालसम्म आवागमन ठप्प छ।

बागमती प्रदेशमा समेत पहिरोका कारण सडक यातायात प्रभावित बनेको छ। रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ मा पासाङ ल्हामु सडक खण्डमा पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोक जिल्लाको भोटकोशी गाउँपालिका–४ स्थित चारकिलो क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। यी प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने आपतकालीन सेवा र मालसामान ढुवानीमा समेत ठूलो कठिनाइ भएको छ।

नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत जारी गरिएको सूचनामा सम्बन्धित स्थानहरूमा डोजरमार्फत सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। तर, लगातारको वर्षा जारी रहेकाले उद्धार तथा मर्मत कार्यमा ढिलाइ भएको जनाइएको छ। सडक प्रयोगकर्ताहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न वा घरमै सुरक्षित बस्न आग्रह गरिएको छ। थप जानकारीको लागि नेपाल प्रहरीको अधिकारिक सूचना पृष्ठ अवलोकन गर्न सकिन्छ। नोटः बाटो अवरुद्ध सम्बन्धी सूचना हेर्नको लागिः https://www.nepalpolice.gov.np/notices/1141/


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button