हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : असोज १७ देखि २० सम्म भारी वर्षाको सम्भावना, विशेष सतर्कता अपनाउन विभागको आग्रह

प्रहार समाचार । काठमाडौँ, १६ असोज २०८२ बिहीवार । आज विजया दशमीको टिका । यस वर्षको दसै हिले दसै हुने भएको छ। आज राती देखिने देशभर सिम सिम पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज देखि २० गतेसम्म देशका केही भागहरूमा भारी वर्षा हुने प्रबल सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैमा अपिल गरेको छ। विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसाबाट प्रवेश गरी नेपालसम्म प्रभाव पार्ने देखिएको छ, जसका कारण मनसुनी गतिविधि सक्रिय भई विभिन्न प्रदेशमा भारी वर्षा हुन सक्छ।

विशेषगरी वागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, चितवन, रसुवा, इलाम, ताप्लेजुङ, झापा, मोरङ, पर्सा, बारा, सर्लाही, रौतहट लगायत जिल्लाका स–साना नदी–नालामा आकस्मिक बहावको सम्भावना उच्च रहेको छ। नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य बढ्न सक्ने अनुमान गरिएको छ, जसले बाढी, डुबान, पहिरो र भू–क्षयको जोखिम बढाउने सम्भावना छ।

विभागले जोखिम न्यूनीकरणका लागि समयमै सतर्कता अपनाउन आग्रह गर्दै अद्यावधिक जानकारीका लागि आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर ११५५ र SMS सेवा प्रयोग गर्न अनुरोध गरेको छ। बाढी र पहिरोको जोखिमका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले पूर्व तयारी र सावधानी आवश्यक रहेको विभागको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button