हेडलाईनसमाचारगण्डकी

लमजुङमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

• बिजय अधिकारी (संवाददाता ) लमजुङ, १५ असोज २०८२ बुधवार । लमजुङको राइनास नगरपालिका–३ सातबिसेमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक युवक घाइते भएका छन्। पाउदी–बोराङखोला सडकखण्डमा असोज १३ गते राति १:३० बजे ग २४ प १६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा पल्टिँदा टिमुरे निवासी २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

दुर्घटनामा घाइते भएका २६ वर्षीय देवराज ठकुरीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ। दुर्घटनापछि स्थानीयको सहयोगमा घाइते समिरलाई तत्काल उद्धार गरी सहोदर अस्पताल धमिलीकुवा पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार चालक समिर ठकुरीको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको दायाँपट्टि नालामा पल्टिएको हो। मृतक समिर हरिबहादुर र सिर्जना ठकुरीका एक मात्र छोरा थिए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button