हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ , २० भदौ २०८२ शुक्रवार । देशभरि मनसुनी प्रणालीको प्रभाव देखिएको सन्दर्भमा आज देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण केही क्षेत्रहरूमा वर्षा भइहेको र थप वर्षाको सम्भावना देखिएको हो।

शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाको वेबसाइटमा उल्लेख छ।

दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button