हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

‘नारी विद् सारी’ फोटो प्रतियोगितामा निशा मगर भइन प्रथम

प्रहार समाचार । तनहुँ, ११ भदौ २०८२, बुधवार। महिलाहरूले पहिरिने नेपाली परम्परागत पहिरन सारीको सौन्दर्य प्रदर्शन गर्दै सिर्जनशीलता र आत्मविश्वास अभिव्यक्त गर्ने उद्देश्यले एलायन्स क्लब अफ तनहुँले आयोजना गरेको “नारी विद् सारी” फोटो प्रतियोगिता–दोस्रो संस्करणको नतिजा सार्वजनिक गरिएको छ।

प्रतियोगितामा निशा मगर प्रथम, पुजा गिरी द्वितीय र कृपा गुरुङ तृतीय घोषित भएका छन्। विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ।

विजयीहरुलाई पुरस्कार वितरण एवं समापन कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले पुरस्कार वितरण गर्दै महिलाको सिर्जनशीलता उजागर गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताइन्।

सकार्यक्रममा टिम नेपो तनहुँका अध्यक्ष राजु श्रेष्ठ, एलायन्स क्लब इन्टरनेसनल डिष्टिक १०४५ का गर्भनर दीपक राज न्यौपाने, सिद्धार्थ होटलका व्यवस्थापक अभिषेक अर्याल, रोटरी क्लब अफ तनहुँकी अध्यक्ष विना कैनीलगायतले यस्ता प्रतियोगिलले नेपाली परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्दै नारी शक्तिको महत्वलाई उजागर गर्दै समाजमा सकारात्मक उर्जा प्रवाह गर्नेमा जोड दिए ।

एलायन्स क्लब अफ तनहुँका अध्यक्ष अमित कैनीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष महेश वाम्लेले स्वागत गरेका थिए । क्लबका डिष्टिक महासचिव सुदिप पौडेलले संस्थाले यसअघि पनि जिल्लामा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button