हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको बेलचौतारामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

प्रहार समाचार । तनहुँ, ८ भदौ २०८२ आइतवार । ।तनहुँको शुक्लागण्डकी नगरपालिका–४ युनिकचोकमा शुक्रबार बेलुकी भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार पृथ्वीराजमार्गमा करिब साँझ ७ बजे पोखरातर्फ जाँदै गरेको ग ३ च ३१९ नम्बरको टाटा योद्धा गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग ९ प २९१२ नम्बरको पल्सर मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय बिष्णु खत्री गम्भीर घाइते भएका थिए।

दमौलीस्थित अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई बेलचौतारा हुँदै पोखराको गण्डकी मेडिकल कलेज, त्यसपछि चरक मेमोरियल र अन्ततः काठमाडौँस्थित मनमोहन मेमोरियल अस्पताल रिफर गरिएको थियो। तर शनिबार उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न टाटा गाडीका चालक भिमाद नगरपालिका–६ का २२ वर्षीय दिलसिंह थापा प्रहरी नियन्त्रणमा रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनी मदिरा सेवन नगरेको पुष्टि भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button