प्रहार समाचार । तनहुँ, २७ साउन २०८२ मङ्गलवार । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँको भिमाद आउने भएका छन्। सहित कल्याण खनालको २३औं स्मृति सभा तथा शालिक अनावरण गर्न सभापति देवाउवा भिमाद आउने भएका हुन्।

नेपाल कांग्रेस तनहुँको आयोजनामा र सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानको व्यवस्थापनमा हुने कार्यक्रममा करिब एक दर्जन केन्द्रीय नेता र मन्त्रीहरूको सहभागिता रहने बताइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई, धुर्व वाग्ले, पुष्पराज पराजुली लगायतका नेता सहभागी हुनेछन्।
कार्यक्रम आज बिहान ११:३० बजे भिमाद नगरपालिका–७ स्थित सहिद कल्याण खनाल स्मृति पार्कमा अर्धकद शालिक अनावरणबाट सुरु हुनेछ। त्यसपछि भिमाद नगर उद्योग वाणिज्य संघको सभाहलमा स्मृति सभा हुनेछ।

नेपाली कांग्रेसका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार, यो कार्यक्रम सहिद खनालको बलिदान र योगदानको स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो।
























