हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ प्रशासनमा परेका गुनासोको शतप्रतिशत फछ्र्यौट

प्रहार समाचार । तनहुँ, १२ साउन २०८२ सोमवार ।
आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रशासन कार्यालय तनहुँमा विभिन्न माध्यमबाट प्राप्त १ हजार ४ सय ६७ गुनासोमध्ये सबै गुनासोको शतप्रतिशत फछ्र्यौट गरिएको छ । नागरिक एप, हेलो सरकार, कार्यालयमा दर्ता निवेदन, क्यू आर कोड तथा अन्य माध्यमबाट आएका सबै गुनासो समयमै समाधान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।


 

आज प्रशासन कार्यालयको सभा हलमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले नागरिक एपमार्फत १ हजार १ सय , हेलो सरकारबाट १३, कार्यालयमा निवेदनमार्फत १ सय २२, न्यू आर कोडमार्फत १४ र अन्य विभिन्न माध्यमबाट २ सय १८ गुनासो प्राप्त भएको जानकारी दिए । ती सबै गुनासोहरू सम्बन्धित निकायसँग समन्वय गर्दै समाधान गरिएका हुन् ।

‘प्रशासनलाई जनउत्तरदायी बनाउने उद्देश्यले गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइएको हो,’ प्रजिअ अधिकारीले भने, ‘यसले जनतामा सेवा प्रवाहप्रतिको विश्वास बढेको देखिन्छ ।’ उनले आगामी दिनमा पनि थप प्रभावकारी ढंगले सेवा दिन प्रशासन प्रतिबद्ध रहेको बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button