हेडलाईनसमाचारगण्डकी

बेँसीसहर–चामे सडकमा रातिको सवारीमा रोक

• विजय अधिकारी ( प्रहार संवाददाता ) २५ असार २०८२ बुधवार । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डमा बर्खायामका कारण सवारी सञ्चालनमा जोखिम बढेको भन्दै रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको मंगलबार बसेको बैठकले साउन महिनाभर बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

 

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलका अनुसार अत्यावश्यक बाहेकका सबै प्रकारका सवारीसाधन सो अवधिमा सञ्चालन गर्न पाइने छैन।

सुरक्षाका लागि अन्तर जिल्ला निर्णय:

मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिबीचको समन्वय बैठकले बर्खामा सवारी जोखिम कम गर्न संयुक्त निर्णय गरेको हो। मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार बर्खायाममा सम्भावित विपद् र क्षतिबाट बच्न रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो। अर्को निर्णय नभएसम्म सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन रातिको समयमा सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।

सवारी छुट्ने समयसीमासहितको व्यवस्था:

प्रशासनले चामे नजिकैको कोतोबाट अपराह्न ४:३० पछि बेँसीसहरतर्फ सवारी छुट्न नपाउने व्यवस्था गरेको छ। यस्तै, ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी ६:३० भित्र छुटिसक्नुपर्नेछ। कुल ६५ किलोमिटर लम्बाइको यस सडकखण्डमध्ये ३५ किलोमिटर भाग लमजुङ र ३० किलोमिटर मनाङ जिल्लामा पर्दछ।







 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button