हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : ६ प्रदेशमा वर्षाको प्रभाव, राति पानी र दिउँसो घाम देखिने पूर्वानुमान

प्रहार समाचार । काठमाडौं, १३ असार २०८२ शुक्रवार । आज देशका विभिन्न पहाडी भेगहरूमा राति झरी पऱ्यो । बिहानदेखि आकाश खुलेको देखिए पनि दिउँसो फेरि मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि भारी वर्षा हुने चेतावनी दिइएको छ।

राति काठमाडौं उपत्यकासहित डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र इलाममा हल्कादेखि मध्यम वर्षा भएको थियो। हाल कोशीदेखि सुदूरपश्चिमसम्मका एक-दुई स्थानमा झरी परिरहेको छ भने अन्य ठाउँमा आंशिकदेखि सामान्य घाम लागिरहेको छ। तर, मौसमविद्का अनुसार मनसुनी प्रणाली कमजोर भएका कारण रातमा बढी र दिउँसो कम पानी पर्ने क्रम जारी रहनेछ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमतीका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छ। यीमध्ये केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै, तराई र मधेशका केही भागमा हावाहुरी चल्ने सम्भावना पनि रहेको जनाइएको छ। राततिर कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button