हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर वर्षा

प्रहार समाचार । काठमाडौं, ९ असार २०८२ सोमवार । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गएराति अविरल वर्षा भएको छ। अहिले भने उपत्याकामा पानी पर्न रोकिएको छ। उता देशका अन्य भागहरूमा भने अझै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा पनि हल्का वर्षा जारी छ। यस्तो अवस्थामा समग्र मुलुकमा पुनः भारी वर्षाको संभावना रहिरहेकाले थप सतर्कता आवश्यक देखिन्छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा पुनः ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको चेतावनी छ। ती क्षेत्रमा आकस्मिक बाढीको सम्भावना समेत रहेकाले नदी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ। विगतका अनुभवले देखाएझैं केही मिनेटको झरीले पनि नदीहरूमा उर्लिने बाढी ल्याउन सक्ने भएकाले सावधानीपूर्वक कदम चाल्न विज्ञहरुले सुझाव दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button