हेडलाईनसमाचारप्रदेश

गणेशमानको नाममा ७५ करोड बजेट : संसदमा उपप्रधानमन्त्री प्रकाशमान सिंहको चर्को आलोचना

प्रहार समाचार । काठमाडौं, ९ असार २०८२ सोमवार । आइतवारको प्रतिनिधि सभा बैठकमा बजेटको सैद्धान्तिक छलफलका क्रममा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह चर्को आलोचनाको केन्द्रमा परे। सांसदहरूले मन्त्री सिंहले आफ्नै पिता स्व. गणेशमान सिंहको नाममा करिब ७५ करोड रुपैयाँको बजेट विनियोजन गरेको आरोप लगाउँदै त्यसले सत्ता दुरुपयोग र अनुत्पादक खर्चको संकेत गरेको टिप्पणी गरेका छन्। सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्य थापाले “गणेशमान सिंहको सम्मानको नाममा रकम छरपस्ट पारिएको छ,” भन्दै तीव्र आपत्ति जनाए।

सांसद थापा अनुसार सहरी विकास मन्त्रालयबाट सिंहको नाम जोडिएका विभिन्न योजनामा अत्यधिक बजेट छुट्याइएको छ। उदाहरणस्वरूप, काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको ‘गणेशमान सिंह वीरमार्ग’का लागि ८ करोड, गणेशमान पार्क र रंगशालाका शीर्षकमा करिब ४ करोड ३० लाख तथा अन्य अनुत्पादक संरचनाहरूका लागि समेत करोडौं रकम विनियोजन गरिएको छ। यस्ता योजनाले वास्तविक विकासभन्दा व्यक्तिपूजा र सत्ताको पहुँच विस्तार गर्न खोजिएको आरोप उनले लगाए।

यस्तै, माओवादी केन्द्रका सांसद अमनलाल मोदी र एकीकृत समाजवादीका सांसदहरूले पनि सिंहमाथि एकपछि अर्को प्रश्न उठाउँदै यस्ता योजनाले स्व. गणेशमान सिंहको नामसमेत बदनाम भएको तर्क गरे। यता, एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यस्तो बजेटले कुनै पनि उत्पादनमूलक उद्देश्य पूरा नगरेको भन्दै आपत्ति जनाए। “तपाईले यो के गर्नुभएको? भन्दै उनेले प्रश्न गरे । यस्तै सांसद मोदीले “उत्पादनमूलक काम होइन, युवालाई रोजगारी दिने कार्यक्रम होइन, बरु अनुत्पादक संरचनाका नाममा इतिहासकै सम्मानित नेता बदनाम भए,” भन्दै आलोचना गरेको थिए । म विपक्षीदेखि सत्तापक्षसम्मका सांसदको आलोचना खेपेका मन्त्री सिंहको भूमिकाप्रति प्रधानमन्त्रीकै ध्यानाकर्षण गराउने चेतावनीसमेत दिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button