हेडलाईनसमाचारविजनेसप्रदेश

सुनचाँदीको मूल्यमा बृद्धि

प्रहार समाचार । काठमाडौँ, ८ असार २०८२ । पछिल्ला दिनहरूमा लगातार उकालो लागेको सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। आइतबार नेपाली बजार खुलेसँगै सुनको मूल्यमा वृद्धि भए पनि चाँदी भने केही सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख ९५ हजार २०० पुगेको छ। त्यस्तै, चाँदी प्रतितोला १० रुपैयाँ घटेर दुई हजार १६० मा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य एक लाख ९४ हजार ७०० र चाँदी दुई हजार १५० रुपैयाँ तोकिएको थियो।

सुनको मूल्यमा आएको यो चढाव अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण देखिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औंस सुन तीन हजार ३६७ अमेरिकी डलरमा किनबेच भइरहेको छ। विश्लेषकहरूका अनुसार आगामी दिनमा समेत विश्व बजारको परिस्थितिले नेपाली बजारमा प्रभाव पार्ने अनुमान छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button