हेडलाईनसमाचारगण्डकी

पूर्व विद्यार्थी मञ्चद्वारा महेन्द्रज्योती माविमा शैक्षिक सामग्री तथा पोशाक सहयोग

प्रहार समाचार । तनहुँ, १० जेठ २०८२ शनिवार । तनहुँको व्यास नगरपालिका–६ शिसाघाटस्थित महेन्द्रज्योती माध्यामिक विद्यालयमा अध्ययनरत जेहेन्दार, अनाथ तथा विपन्न बालबालिकालाई पूर्व विद्यार्थी मञ्चले शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको छ।

 

शुक्रवार आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष भानु चापागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदप्रसाद छिमाल र प्रधानाध्यापक हरिराज काफ्लेले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन्।

सहयोग स्वरूप विद्यालय पोशाक, खेलकुद पोशाक, कापी, कलम लगायतका सामग्री प्रदान गरिएको थियो। मञ्चले करिब ३५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको जानकारी दिँदै अध्यक्ष चापागाईले जाडो महिनामा न्यानो कपडा वितरण गरिएको भए पनि यो पटक गर्मीका लागि उपयुक्त पोशाक तथा जुत्ता उपलब्ध गराइएको बताए।

सोही कार्यक्रममा विद्यालयका नवनियुक्त प्रधानाध्यापक हरिराज काफ्ले र सहायक प्रधानाध्यापक आनन्द पौडेललाई मञ्चद्वारा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिमालले पूर्व विद्यार्थी मञ्चको निरन्तर सहयोगप्रति प्रसंसा जनाउँदै यसले अन्य विद्यालय र समुदायमा पनि सकारात्मक सन्देश जाने बताए।

कार्यक्रममा शिसाघाटस्थित सुन्दर सामुदायिक वनले १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई जनही एक/एक हजारका दरले नगद १० हजार रुपैयाँ सहयोग गरेको थियो। वन समूहका अध्यक्ष ऋषिराम घिमिरेले उक्त रकम प्रदान गरेका थिए। कार्यक्रमको सहजीकरण शिक्षक बुद्धिकुमार बिकले गरेका थिए भने विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक संगठनका प्रतिनिधि तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button