हेडलाईनसमाचारगण्डकी

गण्डकी प्रदेश प्रहरी प्रमुख आचार्यद्वारा निर्देशन र समिक्षा कार्यक्रम सम्पन्न

प्रहार समाचार । कास्की, ७ जेठ २०८१ बुधवार ।   गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आज एक विशेष निर्देशन सम्बोधन तथा कार्य प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेशभरिका सम्पूर्ण मातहत कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख आचार्यले प्रदेशभरको शान्ति सुरक्षा अवस्था, प्रहरी परिचालन, अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनको अवस्था समिक्षा गरेका थिए ।  उनले  उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूसँग प्रत्यक्ष संवाद गर्दै संगठनको मूल्य र मान्यता अनुरूप जनमुखी सेवा प्रवाहमा थप सक्रिय हुन निर्देशन दिए ।

प्रमुख आचार्यले प्रमाणमुखी अनुसन्धान, अपराध अभिलेख व्यवस्थापन सुदृढीकरण तथा प्रहरी सेवामा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए । समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको प्रभावकारी उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै उनले पेशागत जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न मातहतलाई आह्वान गरे ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button