हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल मगर लेखक संघ तनहुँको अध्यक्षमा यमलाल

प्रहार समाचार । तनहुँ,२८ बैशाख २०८२ आइतवार  । नेपाल मगर लेखक संघ, जिल्ला समन्वय समिति तनहुँकाे दाेस्राे जिल्ला अधिवेशन हिंजो दमौलीमा सम्पन्न भएको छ। उक्त अधिवेशनले यमलाल थापाको अध्यक्षतामा नौ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।

उक्त समितिको उपाध्यक्षमा उपाध्यक्षमा कमला देवी थापा, सचिवमा शम्भु लाल थापा, सह-सचिवमा अरूण कुमार थापा, काेषाध्यक्षमा अशाेक राना रहेका छन्। यसै गरि सदस्यहरुमा दिलिपा थापा ,अस्मिता थापा, सिमा आले र बबिता थापा रहेका छन्।

यस अघि उक्त कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्दीय निर्वाचत समिति संयोजक सिद्धान्त गर्जा मगरले नेपाल चार जात छत्तिस वर्णको साझा फूलवारी रहेकाले सबै जातजाति धर्म संस्कार र संस्कृतिको विकामा जोड दिंदै  नेपाल मगर लेखक संघले देखिने गर काम गर्नु बताए । कार्यक्रम नेपाल मगर लेखक संघका अध्यक्ष वादल आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button