हेडलाईनसमाचारगण्डकी

लमजुङमा कक्षा १२ को परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ

• विजय अधिकारी (प्रहार संवाददाता ) ।  लमजुङ, २५ बैशाख २०८२ बिहिवार । लमजुङको  सुन्दरबजार नगरपालिका वडा नम्बर ६ वरेटारमा रहेको आदर्शबाल माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका वडा नम्बर ५ खहरेमा रहेको  विद्या ज्योती मा.वि.का छात्र २० बर्षीय विशाल गुरुङको परीक्षा दिन आएका नक्कली परीक्षार्थी सोहि स्थानका २० बर्षीय आयुष गुरुङ, सिम्वोल नं. ३३७००५२१ को फाईनान्स विषयको परीक्षा दिँदै गर्दा बिहिबार बिहान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राजकिशोर शाहले प्रहार समाचारलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका  दुवैजनालाई नियन्त्रणमा लिएको र बिहीवार नै जिल्ला प्रशासन कार्यालयबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको  छ । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button