हेडलाईनसमाचारप्रदेश

एमालेका समानुपातिक सांसद पन्त शिक्षा मन्त्रीमा नियुक्त :  शिक्षकका माग पूरा होलान् त ?

प्रहार समाचार । काठमाडौँ, १० बैशाख २०८२ बुधवार । एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पन्तलाई मन्त्री नियुक्त गरेका हुन् । यस अघि शिक्षा मन्त्री विद्या भट्टराईले ८ गते राजिनामा दिएपछि मन्त्रालय रिक्त रहेको थियो ।

हेरौं मन्त्रीमण्डलको सूचि :

यस्तै प्रधानमन्त्रीकै सिफारिसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तमा परेका छन्। यससँगै ओली नेतृत्वको सरकार २४ सदस्यीय भएको छ । शिक्षक आन्दोलन चर्कीरहेको बेला शिक्षा मन्त्री पन्तले तथा सरकारले अब के कस्तो भूमिका खेल्छन ? सर्वत्र चासोको विषय बनेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button