प्रहार समाचार । तनहुँ ,१० बैशाख २०८२ बुधवार । पछिल्लो समय संङ्गै जिउने र मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका श्रीमान श्रीमतिहरु सानो तिनो कुरामा मन मुटाव भएर सम्बन्ध विच्छेद (डिभोर्स) नै गर्न पुगेको पाइन्छ । आ आफ्ना भूल र कमिकजोरीहरुलाई आत्मसाथ गर्दै एकले अर्काले आगामी दिनहरुमा यस्ता गल्ति नदोहोऱ्याउने सर्तमा आत्मा आलोचना गर्दै अगाडी बढेको खण्डमा सम्बन्ध बिच्छेद गर्नेहरुको संङ्ख्या कम हुन्छ । प्रस्तुत छ सम्बन्ध बिच्छेद (डिभोर्स) गरिसकेपछि एउटी युवतीले लेखेका मन छुने कुराहरु :

‘मेरो श्रीमानसँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसें । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो ।
त्यसपछि म मेरो केही झूटा आफन्त र केही माइतीको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन । उल्टो श्रीमानलाई दाइजो प्रथाको झूटो केशमा फसाइदिएँ ।
६ वर्ष भएछ म माइतीघरमा बसेकी छु ।केश झूटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो ।
उहाँले धूमधाम सँगले दोस्रो विवाह गर्नुभयो । आज सोची रहेकी छु मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी भए आज मेरो पनि १/२ वटा बच्चाहरू हुने थिए । म पनि मेरो साथीहरू जसरी खुसीका साथ आफ्नो श्रीमानको साथमा बसेको हुन्थें ।

साथ कसैले दिनेवाला छैनन् , सल्लाह सबैले दिन्छन् ।अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ ।
अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा २/४ दिन रिसाएर श्रीमान सँग नबोल्नू नै बेस हुन्छ ।’- साभार सामाजिक सञ्जाल


























