आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

तनहुँको आँबुखैरेनीको  बरालुङबेशीमा नव-स्थापित सेवा कार्यालयको उद्घाटन तथा वृहत् स्वास्थ्य शिविर सम्पन्न

प्रहार समाचार । तनहुँ, १० बैशाख २०८२ बुधवार । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५, बरालुङबेशी स्थित जलदेवी प्राथमिक विद्यालयको भवनमा नव-स्थापित सेवा कार्यालयको उद्घाटन तथा वृहत् स्वास्थ्य शिविर मङ्गलवार सम्पन्न भएको छ।

कार्याक्रमको उद्घाटन गर्दै  पालिकाका अध्यक्ष शुक्र चुमानले सङ्घीय शासन प्रणाली अन्तर्गत सेवा प्रवाहलाई विकेन्द्रित गर्दै, स्थानीय तहलाई थप सशक्त र जनमुखी बनाउने प्रयासको यो  एक महत्वपूर्ण पाइला रहेको बताए । उनले समाजवाद उन्मुख संविधानले परिकल्पना गरेको समावेशी र पहुँचयोग्य सेवा प्रणाली निर्माणमा याता कार्यक्रमले थप टेवा पुर्‍याउने विश्वास लिए । वडा नं.-५ का वडा अध्यक्षता सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत  विष्णु प्रसाद शर्मा, वडा सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न समुदायका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

यो सेवा कार्यालयको स्थापना बरालुङबेशी र वरपरका बस्तीहरूमा सानो भञ्ज्याङसम्म पुग्नुपर्ने झन्झट हटाएर, दैनिक सेवा सुविधालाई स्थानीय स्तरमै सहज पहुँचमा पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको पालिकाले जनाएको छ। त्यस अवसरमा  आँबुखैरेनी अस्पतालका डा. रन्जित यादवको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले नि:शुल्क स्वास्थ्य जाँच (सुगर, प्रेसर, पिसाब, भि आई ए परीक्षण र यू एस जि सेवा) समेत उपलब्ध गराएको पालिकाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button