हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास -१३ मा बिजुलीको पोल जीर्ण  : कुनै पनि बेला दुर्घटना हुन सक्ने

प्रहार समाचार । तनहुँ, ९ बैशाख २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वार्ड नं १३ काजीधारा, कोटथोक टोलमा पर्ने बिजुलीको पोल जीर्ण अवस्थामा पुग्दा पनि कसैको ध्यान जान सकेको छैन् । हेरौं पोलको अवस्था :

माटो र धमिराले खाएर जिर्ण अवस्थामा पुग्दा पनि सम्बन्धि निकायको ध्यान नपुग्दा कुनै पनि बेला पोल ढल्ने र नाङ्गो तारबाट  दुर्घटना हुन सक्ने स्थानिय ललित पाण्डेले बताए । उनि भन्छन् – ‘पोलको अवस्था यस्तो हुँदा पनि न त विद्युत् प्राधिकरण न त वडा कार्यालय कसैले पनि चासो नदेखाउनु विढम्बनाको विषय हो । भोली दुर्घटना भैहालेमा त्यसको जिम्मेवारी कस्ले लिने ?’ उनले प्रश्न गरे ।


यसै विच उक्त पोल आसपासम नाङ्गो तारले रुख बिरुवालाई समेत छोएको अवस्था रहेको देख्न सकिन्छ

हेरौं तारको अवस्था र उचाई :

यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीसँग हामीले सम्पर्क गर्दा उनले सम्बन्धित वडा तथा टोलले निवेदन दिएको खण्डमा जिर्ण पोल परिवर्तन गरिने बताए । ‘हामी कहाँ यस सम्बन्धमा कुनै पनि गुनासो तथा निवेदन समेत आएको छैन् आएको खण्डमा  उक्त पोल फेरिने छ ।’ उनले भने ।

उक्त स्थान नजिकै एक पटक भाँचिएको पोललाई पून: गाडेर प्रयोग गर्दा जो कोहिले सजिलै पुग्न सकिने होचो  भएको समेत स्थानियले बताएका छन्। उक्त बाटो भएर धेरै जनताहरु ओहोर दोहोर गर्ने भएकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताइन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button