व्यासहेडलाईनसमाचारगण्डकी

गणना तथा सर्वेक्षण सम्बन्धमा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम दमौलीमा सम्पन्न

प्रहार समाचार । तनहुँ, २९ चैत २०८१ शुक्रवार । तत्याङ्क समन्वय कार्यालय, कास्की पोखराको आयोजनामा गणना तथा सर्वेक्षण सम्बन्धमा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम आज दमौलीमा  सम्पन्न भएको छ ।

तत्याङ्क समन्वय कार्यालय कास्कीको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै तत्याङ्क कार्यालय कास्कीका  तत्याङ्क अधिकृत जिवननाथ आचार्यले विकेन्द्रिकृत तत्याङ्क प्रणाली अन्तरगत नेपालको तत्याङ्क प्रणाली, गणना तथा सर्वेक्षण लगायतका विषयमा चर्चा गरेका थिए । उनले आथिक, सामाजिक, भौतिक वातावरण लगायतका विवरण तथा लगत वा सूचनाले वास्तिविक स्थिति बुझ्न मदत गर्ने बताए ।

कार्यक्रममा तत्याङ्क कार्यालयका सुपरिवेक्षक  सुरेन्द्र राज  पौडेल, तत्याङ्क सहायक राजेन्द्र पराजुली लगायतले तत्याङ्कको महत्वका बारेमा चर्चा गरेका थिए । उक्त कार्यालयले कास्की, नवलपरासी पूर्व  र तनहुँ जिल्ला हेर्ने गर्दछ। कार्यक्रममा तनहुँ जिल्लाका कार्यालय , संघ संस्था लगायतको सहभागिता रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button