प्रहार समाचार । तनहुँ, २८ चैत २०८१ विहीवार । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका अन्तर्गत दुलेगौंडा–हर्कपुर मोटरमार्ग बेसारेगौंडा टार खण्डको कालोपत्रे भएको छ ।

उक्त मोटर मार्ग ‘प्रिमिक्स कार्पेट पिच’ भएको पालिकाका नगर प्रमुख कृष्ण राज पण्डितले बताए ।

शुक्लागण्डकी नगरपालिकाको दुई करोड दुई लाख रुपैयाँ लगानीमा सडक पिच भएको हो । २०५० को दशकमा ट्रयाक खुलिएको सडक कालोपत्रे भएपछि स्थानीय खुशी भएका छन् ।

कालोपत्रे सडकको शुक्लागण्डकी नगरपालिका मेयर कृष्णराज पण्डितले बुधबार निरीक्षण गरे । उनले आफ्नो चुनावी एजेन्डा पूरा गरेको बताएका छन् ।


























