प्रहार समाचार । तनहुँ, १९ चैत २०८१ मङ्गलवार । कास्कीको पोखरामा हुन गइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

आज पोखरा महानगरपालिका–१७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको आयोजक संस्था मानव सेवा फाउण्डेसनले जनाएको छ।

मानव सेवा फाउण्डेसन, नेपाल लगायत विभिन्न संस्थाहरूद्वारा आगामी २०८२ बैशाख १७ गतेदेखी जेठ २६ गतेसम्म पोखरा महानगरपालिका–१७, बिरौटामा उक्त ज्ञान महाय हुने भएको छ ।

एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको उक्त यज्ञको बारेमा भक्तजनहरुलाई जानकारी प्राप्त गर्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ । कोटिहोम महायज्ञको बिषयमा थप जानकारी प्राप्त गर्नको लागि ०६१५८४७०१, ९८५६०८२२९०, ९८५६०८२२९१, ९८६३२५२१२१ र ९८०५२५२१२५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

























