व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको व्यास-३ शान्तिनगर र व्यास-५ पाटन जोड्ने झोलुङ्गे पुल जिर्ण बन्दै :  जोखिम पूर्ण यात्रा गर्न बाध्य

• सुशिल बि.क. (प्रहार समाचार)/ तनहुँ, १८ चैत्र २०८१ सोमवार । तनहुँको व्यास नगरपालिका वडा नं. ३ शान्तिनगर र वडा नं. ५ पाटनलाई जोड्ने झोलुङ्गे पुल दिन प्रतिदिन जिर्ण बन्दै जान थालेको छ।  पुल जीर्ण हुँदै गएपछि स्थानीय बासिन्दा तथा ओहोरदोहोर गर्ने यात्रुहरू जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन्। तस्विरहरु : प्रहार अनलाईन मिडिया

पुलको सुरक्षाका निम्ति राखिएको  साइड जाली च्यातिएको छ ।  जसका कारण पैदल यात्रीहरूलाई ओहोरदोहोर गर्न  निकै कठिन भइरहेको छ भने कुनै पनि बेला दुर्घटना हुन सक्ने जोखिम पनि उत्तिकै रहेको छ ।

पुलबाट  विशेषगरी मोटरसाइकलहरू ओहोरदोहोर गर्ने क्रममा पैदल यात्रीहरूलाई पुलको किनारामा झुण्डिनुपर्ने अवस्था सिर्जना भएको छ। पुलको साइड जाली च्यातिएर ठूलो भ्वाङ परेको हुँदा थप दुर्घटनाको सम्भावना बढ्दै गएको स्थानिहरुले बताए ।

पुलको दुवैतर्फका किनारामा खाल्डाखुल्डी समेत परेकाले पैदलयात्री तथा सवारीसाधन चलाउनेहरू अत्यन्तै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कतिपय नागरिकहरू त पुल वारपार गर्न समेत डराइरहेका छन्।

स्थानीय रमेश अधिकारी भन्छन्- “पुल निकै नै जिर्ण अवस्थामा पुगेको हुनाले कुनै पनि बेला दुर्घटना हुन सक्छ। हामीले पटक–पटक मर्मतको लागि अनुरोध गर्यौँ तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।”

उक्त क्षेत्रमा पक्की पुल नहुँद सोही झोलुङ्गे पुलबाट स्थानीयहरू वारपार गर्नुपर्ने बाध्य छन्। सरोकारवाला तथा स्थानिय निकायले समयमै ध्यान नदिएमा कुनै गम्भीर दुर्घटना हुन सक्ने भएकाले यस पुललाई तत्काल मर्मत गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button